ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा: संचार पहुँचबाट टाढा रहँदै आएको माथिल्लो डोल्पाको कलङ क्षेत्रमा आजबाट नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा सञ्चालनमा आएको छ। मोबाइल टावर सञ्चालनमा आएसँगै अब कलङका स्थानीयवासीहरू फोन, सन्देश तथा इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्।

 

यो उपलब्धिसँगै कलङ क्षेत्र पहिलोपटक औपचारिक रूपमा मोबाइल संजालमा जोडिएको छ। यसअघि संचार सेवाको अभावले दैनिक जीवनदेखि प्रशासनिक कार्यसम्ममा कठिनाइ भोग्नुपरेको स्थानवासीहरू बताउँछन्।

 

स्थानीय सरकार र नेपाल टेलिकमको सहकार्यमा स्थापना गरिएको यो टावरले अब गाउँलेहरूलाई देश तथा विदेशमा रहेका आफन्तहरूसँग सजिलै सम्पर्कमा रहन, सूचना प्राप्त गर्न र डिजिटल सेवाहरूको पहुँचमा पुग्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

डाेल्पाेबुद्द गाउँपालिका का एक स्थानीय बासिन्दा धाेल्पाे निगबाङ भन्छन्, “अब त कलङ पनि बाहिरको संसारसँग जोडिएको महसुस भयो। धेरै बर्षपछि फोन उठाएर सिधै आफ्ना छोराछोरीसँग कुरा गर्न पाउँदा आँखा रसाए।”

 

नेपाल टेलिकमका डाेल्पा प्रमुख दयाविक्रम केसीका अनुसार आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रविधिगत सुधार गर्दै लैजाने तयारी भइरहेको छ।सामाजिक अभियान्ता रणबहादुर कार्कीले कलङबस्तीवाटै संचार पहुंचमा पुगेकाे खवर सामाजिक सन्जालमा पाेष्ट गर्दै दुर्गमतालाई विस्तारै संचारले सुगमतामा बदल्दै लगेकाेमा खुशि ब्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP