
डोल्पा: त्रिपुरासुन्दरी नगरपालिका सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (वास एकाई) ले खानेपानी योजना दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई प्रयोगात्मक ३ दिने तालिम दिएको छ।
वास एकाइको आयोजनामा नगरपालिका भित्रका खानेपानी उपभोक्ता समिति अन्तर्गतका मर्मत सम्भार कार्यकर्तालाई लक्षित गरी जेठ ३१ गते देखि संचालन गरिएको क्षमता विकास तालिमको मोड्युल-3 अन्तर्गत मर्मत तथा सम्भार सम्बन्धी तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ।




ग्रामिण खानेपानी सेवा सहायता केन्द्र (SSC) सम्बन्धी उपभोक्ता समितिलाई क्षमता विकास तालीम वैशाख ३१ गते देखि जेठ २ गते त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ८ मा संचालन गरिएको थियो ।
नगरपालिका भित्रका खानेपानी उपभोक्ता समितिका १६ जना मर्मत सम्भार कार्यकर्तालाई सहभागी तालिममा सहभागीहरुलाई दिगो खानेपानीको लागि मर्मत सम्भार कार्यको व्यवहारिक अभ्याससमेत गराइएको थियो।
वास एकाई प्रमुख धनप्रसाद बुढाका अनुसार हाल नगरपालिका भित्रका खानेपानी नपुगेका क्षेत्रहरूमा बृहत खानेपानी योजना निर्माणको तयारी भइरहेको छ। उनले खानेपानी सेवा पहुँच वृद्धि गर्नका लागि प्राविधिक दक्षता अभिवृद्धि अत्यावश्यक भएको बताए।
यस तालिममा सहभागी मर्मत सम्भार कार्यकर्ताहरु स्थानीय खानेपानी प्रणालीको नियमित मर्मत सम्भार गर्न सक्षम हुनेछन।