ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा — प्रविधिको विकाससँगै शिक्षा क्षेत्रमा समेत प्रविधिको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ ठुलीभेरी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा इ–पुस्तकालय स्थापना गरेको छ।

नगरपालिकाले आफ्नै लगानी तथा विभिन्न दातृ संस्थाहरूको सहयोगमा इ–पुस्तकालयको पहुँच विस्तार गरेको हो। विद्यालयहरूमा सूचना प्रविधिको पहुँच बढाई बालबालिकाको सिकाइ सुधार गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको नगर प्रमुख सुवर्ण कुमार बुढाले जानकारी दिए।

गत आर्थिक वर्षमा विशेष अनुदानमार्फत कम्प्युटर, ल्यापटप, प्रिन्टरजस्ता न्यूनतम सामग्रीसमेत नभएका विद्यालयहरूलाई ती सामग्री उपलब्ध गराइएको थियो। त्यस्तै, इ–पुस्तकालयको सुविधा नभएका १४ वटा विद्यालयमा सर्भर, राउटर, कम्प्युटर तथा ल्यापटपसमेत वितरण गरिसकिएको छ।

यसअघि, प्लान इन्टरनेशनल नेपाल, समाज जागरण केन्द्र नेपाल, साझा इ–पार्टी नेपाल र बेल्जियम नेपाल जस्ता संस्थाहरूको सहयोगमा अन्य विद्यालयहरूमा इ–पुस्तकालय जडान भइसकेको थियो।

 

इ–पुस्तकालयको प्रयोग र व्यवस्थापनका लागि साझा इ–पार्टी नेपाल र डोपो हिमालयन एजुकेशन रिसर्च सेन्टरको समन्वयमा तालिमसमेत प्रदान गरिएको छ। हालै १४ विद्यालयका सूचना प्रविधि शिक्षकहरूलाई तालिम दिइएको प्रशिक्षक भरत बोहोराले जानकारी दिए।

 

डोल्पाजस्तो दुर्गम र भौगोलिक दृष्टिले चुनौतीपूर्ण क्षेत्रमा इन्टरनेटको अभाव तथा छापाखाना पठन सामग्रीको कमीलाई मध्यनजर गर्दै अफलाइन माध्यमबाट चलाउन सकिने इ–पुस्तकालयको स्थापना गरिएको हो। यसले बालबालिकालाई हजारौँ पुस्तक, अडियो–भिडियो, सन्दर्भ सामग्रीलगायत रमाइला सिकाइ सामग्रीहरूमा पहुँच उपलब्ध गराउँछ, जसले उनीहरूमा पढ्ने रूचि बढाउने विश्वास लिइएको छ।

 

शिक्षकहरूका लागि समेत सिकाइ सहजीकरण सामग्री सहज रुपमा उपलब्ध हुने भएकाले यसको प्रभावकारी प्रयोगमार्फत बालबालिकाको सिकाइ सुधार गर्नुपर्नेमा नगर प्रमुख बुढाले जोड दिए। साझा इ–पार्टी नेपालका टिकाराज कार्कीले इ–पुस्तकालय सञ्चालन तथा प्राविधिक सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता जनाए।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाका अनुसार, नगरपालिकाले शिक्षा क्षेत्रमा बहुपक्षीय सुधार गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP