ताजा
डोल्पामा सडक दुर्घटना न्यूनीकरण तथा रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम   ||    यातायात कार्यालय जुम्लामा ८ महिनामा ६८ लाख राजस्व संकलन  ||    प्रचण्डलाई दैलेखमा काँक्रो उपहार  ||    सामाजिक सञ्जालमार्फत संकलन गरिएको सहयोगबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण  ||    सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||   
आइतबार , जेठ ५, २०८२

विजय रावत/जुम्ला:यातायात व्यवस्था कार्यालय जुम्लाले चालु आव २०८१।८२ को ८ महिनामा ६८ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यो आर्थिक वर्षमा २ करोड ४२ लाख ५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चालु आवको साउनदेखी फागुनसम्म ८ महिनाको अवधिमा करिब ६८ लाख बढी राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिनुभयो ।

यातायात क्षेत्रको आम्दानीमा यो आवमा १२ लाख ७१ हजार राजस्व संकलन गर्ने लक्ष्य भएकोमा चालु आवको फागुन महिनासम्म ४ लाख २३ हजार ६९६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख महतले भन्नुभयो,“चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धी १ करोड ७ लाख ५४ हजार लक्ष्य लिएकोमा ३५ लाख ८४ हजार ८६० रुपैयाँ राजस्व उठेको छ । सवारीसाधन करमा ४९ लाख ४ हजार ९६९ रुपैयाँ राजस्व सङ्कलन गर्न लक्ष्य लिएकोमा २८ लाख राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । ”

यस्तै, चालु आवको पुस मसान्तसम्म एकसय १३ वटा सवारीसाधन दर्ता भएकाछन् । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुई ५६ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । गत आवमा निजि र सरकारी मोटरसाइकल गरि १३६ वटा सवारीसाधन कार्यालयमा दर्ता भएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP