ताजा
बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||    डोल्पाको समस्या, विकास र सुरक्षाका विषयमा सांसद सापकोटाद्वारा प्रतिनिधि सभामा आवाज  ||    माथिल्लो डोल्पामा ईलाका प्रशासन राख्ने तयारी  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा: जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै प्रहरी नायब उपरीक्षक (डीएसपी) डा.हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा विगत लामो समय देखि मुद्धा फाँटमा रही काम गरिरहेका प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाइली माथि हातपात गरेको कसुरमा उनलाई हेडक्वार्टर तानिएको हो ।

 

वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका केसी यस अघि नक्सालमै कार्यरत थिए।हाजिर भएको आठ दिनमै मुद्दा फाटमा पााच वर्षदेखि कार्यरत सई लाई कुटपिट गरेका थिए। हेडक्वार्टरको आदेशपछि डीएसपी केसी सार्वजनिक बस चढी काठमाडौं लागेका थिए ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डीएसपी नारायण डाागीको टोली बिहीबार बिहानै प्रहरीकै गाडीमा डोल्पा पुगेर  घटनाको विषयमा छानबिन सुरु गरेको छ । यस विषयमा सई शैलेन्द्रकुमार रसाइलीसँग बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिन मानेनन् ।

 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक मनीष थापाले डीएसपी केसी व्यक्तिगत कामले काठमाडौं गएको प्रतिक्रिया दिए ।कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी शिवकुमार श्रेष्ठसँग बुझ्दा घटनाका बारेमा जानकारी प्राप्त भएको र वास्तविकता के हो भन्ने कुरा बुझ्ने काम भइरहेको बताए

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP