ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

सुर्खेत — कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना नहुनुका कारणबारे असन्तोष व्यक्त गर्दै पूर्व संघीय युवा तथा खेलकुद मन्त्री दलजित शिर्पालीले प्रदेशमाथि गरिएको बेवास्तापूर्ण व्यवहारप्रति आपत्ति जनाएका छन्।

शिर्पालीले कर्णालीमा बहुआयामिक रंगशाला निर्माण सम्पन्न भइसकेको अवस्थामा पनि खेलकुद कार्यक्रम स्थगन हुनु अत्यन्त आपत्तिजनक र पूर्वाग्रही कदम भएको आरोप लगाए। उनले भने, “पूर्वाधार तयार भएर पनि खेलकुद कार्यक्रम रोक्नु भनेको खेल र खेलाडीप्रतिको बेइमानी हो। यो कर्णालीका खेलाडी र जनतालाई राज्य सत्ताले गरेको अपमान हो।”

पूर्वमन्त्री शिर्पालीले प्रधानमन्त्री स्वयं सुर्खेत आएर रंगशाला नजिकैको कार्यक्रम हुँदा सम्म पनि रंगशालाको अवलोकन हेलीकप्टर मार्फत गरी रंगशालालाई बेवास्ता गरिएकोप्रति आपत्ति जनाए। “ प्रधानमन्त्री केपी शर्मा वलीले पानी अभाव र गर्मीकै कारण देखाई खेल हुन सक्दैन भन्ने तर्क गर्नु आफैंमा अपमानजनक हो। त्यसरी हेर्ने हो भने देशभर कतै पनि खेल सम्भव छैन” उनले भने।

शिर्पालीसँगै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीहरू उर्मिला विश्वकर्मा, रातो कामी, नेकपा (एस) का केन्द्रीय सदस्य वसन्त वि.क, नेकपा माओवादी केन्द्र सुर्खेतका इन्चार्ज दानसिंह सुनार लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा रंगशालाको अवलोकन गरेका थिए।

शिर्पालीले ठोस कारणबिना कार्यक्रम रोक्नु योजनाबद्ध रूपमा कर्णालीको खेलकुद क्षेत्रलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाए।

बारम्बार दशौं राष्ट्रिय खेलकुदको मिति सारेको सारेई गर्नु , भनेको समयमा खेलकुदको आयोजना गर्न नसक्नु केन्द्रीय सरकार, सम्बन्धित मन्त्रालय र कर्णाली प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको ठूलो गल्ती रहेको बताए।

नेकपा माओवादी केन्द्र निकट भातृ संगठनहरुको कालिकोट जिल्ला सम्मेलनमा उपस्थित हुन जाने क्रममा बिहीबार सुर्खेत आइपुगेका शिर्पालिले  सुर्खेत स्थित  जिल्ला पार्टी कार्यालयमा पुगी कर्णालीका नेता तथा कार्यकर्ता सग भेटघाट गरेका थिए। बिहीबार बिहान कर्णाली प्रदेशको गौरवको आयोजना समेत रहेको दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि निर्माण गरिएको कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP