ताजा
सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||   
शनिबार , जेठ ४, २०८२

अखण्ड उपाध्याय/डोल्पा:संसारमा सबैभन्दा सुन्दर शब्द आमा, कुनैपनि बच्चा जन्मेदेखि बृद्दावस्थासम्म मानिसले भुल्न नसक्ने एउटै शब्द आमा। आमा अर्थात् जन्म दिने मात्र नभएर एउटा जीवनलाई आकार दिने कुशल मुर्तिकार पनि हुन्, जीवन पढ्न सिकाउने कुशल शिक्षक हुन्। सन्तानको सानो चोटमा पनि छटपटाउने आमा नै हुन्। आमा आफू हजारौं दुखको भारी बोकेर सन्तानलाई अधिकतम खुशी र सुख दिने नै आमा हुन्, सन्तानको खुशीका लागि हरसम्भव प्रयास गर्ने नै आमा हुन्। अर्थात् आमा भन्नेबित्तिकै हाम्रो मनमा एउटा ममतामयी, निस्वार्थी र त्यागी भनेर आउँछ। तर, हामीले सोचेजस्तै अनि भनेजस्तै सबै आमाहरु उस्तै हुँदैन रहेछन्। कहिलेकाहिँ केही आमाकै भूमिकामा पनि अस्वभाविकता देखिन्छ, यहाँ एउटा त्यस्तै आमा, छोरी अनि बा’को कथा जुन अस्वभाविक लाग्छ, जहाँ आमाले ममता हराएकि छन्, जहाँ आमाले सिंगो नाता हराएकी छिन्।

 

फूल जस्तै भर्खर फुल्दै गरेकी सानि छोरी, डोल्पा घरमा बिरामी भइछिन्, नजिकै स्वास्थ्य संस्था छ तर औषधि रहेनछ, धन्न एकजना स्वास्थ्यकर्मी रहेछन्। उनैले औषधि छैन, एकपटक दुनै लग्नु भनेछन् तर आमाले उपचारको लागि सधैं भरपर्ने अनि विश्वास रहेको नजिकै भएको धामीकहाँ लगिछन्, धामीलाई छोरी बिरामी भएर ल्याएको भनेपछि देवता बसालेछन्, धामीले अक्षता हानेछन्, धोलो सिकाएछन्, ३ दिनको भाका राखेछन्, देवता बसालेको २ दिनमा अलिकति विशेक भएछ। अनि ३ दिनपछि श्वास फेर्न समस्या हुन थालेपछि आमाले श्रीमानलाई भनिछन, ‘घर हेर्नु, म छोरी अस्पताल लगेर जान्छु।’

उनी अस्पतालमा आइन्, ओपीडीमा हेरेपछि आकाश भन्दा सेतो थियो उनको दायाँ भागको फोक्सो, स्टेथस्कोपले सुन्दा पनि आवाज राम्रो थिएन। श्वास फेर्न समस्या थियो, अनि बोल्न पनि झिँजो मानिरहेकी थिइन् भनेर ड्युटी डाक्टरले भन्नुभएको थियो। वार्डमा भर्ना भइन्, अनि औषधि चल्यो, २ दिन पछि कतिको सुधार भयो भनेर हेरेको जस्तो पहिले थियो, उस्तै थियो, अझ राम्रो थिएन। त्यसपछि हामीले नानीलाई उपचारको लागि सुर्खेत नेपालगंज लानुपर्छ भन्यौं। अनि आमा एक्कासी रुन थालिन्, ‘पैसा छैन कसरी उपचार गर्नु ?’

हामीले भन्यौं, ‘हामी गाडी मिलाइदिन्छौं, सुर्खेतमा लैजानुहोस्, प्रदेश अस्पतालमा राम्रो छ। सस्तो पनि छ।’ उनी जान राजी भइन् तर अर्को दिन मात्र। गाडीलाई कुरा गर्यौंम, गाडीले एकजना आमाको १५०० मा लाने कुरा भयो (नत्र २५००), अर्को दिन बिहानै ती नानीको आमालाई फोन गरे उनले पैसा जोहो भएको छैन। ‘आज घर जान्छु अनि भोलि तल उसको बासँग पठाउँछु’ भनिन्। मैले सम्झाएँ तर उनी घरै जाने भनिन्, अझ घर जानुको कारण चाहि देवता हेराउन नै रहे । त्यसपछि करिब ३ दिन उनी हराइन् र दुनै अस्पतालबाट गएको ४ दिनमा बिहान फोन गरिन्, त्योबेला म सुर्खेत आएको थियो। उनले भनिन्, ‘डाक्टर देवताले आजको दिन दिए हामी घरबाट त्रिपुराकोट आउँछौं, त्यहीँबाट गाडी चढ्छौं भनिदिनु।’

मैले आजसम्म उपचार सुरु हुन्थ्यो, अवस्था झन् बिग्रियो होला भनेर एकछिन कराएँ तर उनले देवताले दिन नदिए कसरी जानु भन्ने भयो भनिन्। मैले फेरि गाडीमा कुरा गरें। भाडा मिलायौँ अनि उनले नानीसँग नानीको बालाई पठाएको खबर गरिन्। मैले आफैँ किन नआएको त भनेको उनले घर अरु बच्चा हेर्नुपर्योक, गाईगोरु खेतिपाति सबै हेर्नुपर्छ भनेर आफु डोल्पै बसेको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP