ताजा
बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||    डोल्पाको समस्या, विकास र सुरक्षाका विषयमा सांसद सापकोटाद्वारा प्रतिनिधि सभामा आवाज  ||    माथिल्लो डोल्पामा ईलाका प्रशासन राख्ने तयारी  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट वगरमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३सय १३ जनाले स्वास्थ्य सेवा लिएका छन्।नगरपालिकाको आयोजनामा भएको शिविरमा महिलाहरूमा देखिने प्रसूति पछिको फिस्टुला, छालासम्बन्धी कुष्ठरोग, सन्तान नहुने समस्याजस्ता स्वास्थ्य चुनौतीहरूको उपचार तथा परामर्श दिइएको लिकू  स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक तुल बहादुर श्रेष्ठले जानकारी दिए।

शिविरमा ९० जनाको प्रजनन समस्यासम्बन्धी परीक्षण गरिएको थियो भने पाठेघर झर्ने समस्याको दोस्रो चरणमा पुगेका ४ जना महिलालाई रिङ्ग पेसरीमार्फत उपचार गरिएको जनाइएको छ। त्यस्तै, ३ जना महिलामा भिआईए पोजेटिभ र १ जना भिआईए सस्पेक्टेट भेटिएकोले उनीहरूलाई थप परीक्षणका लागि एक महिनापछि जिल्ला अस्पताल डोल्पामा पठाइनेछ।शिविरमा एक जनाको इम्प्लान्टसम्बन्धी उपचारसमेत गरिएको स्वास्थ्यकर्मी सृजना बोहोराले जानकारी दिइन्।

स्वास्थ्य सेवा कार्यालयको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, जर्मन कोर्पोरेशन, साइनिङ नेपाल र आइएनएफ नेपाल सुर्खेतको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

जिल्ला अस्पताल दुनैका डा. भीमबहादुर बुढा र आइनएफ सुर्खेतकी डा. सुभक्षा देवा श्रेष्ठको टोलीले सेवा प्रदान गरेका थिए। शिविर प्रभावकारी भएको र यस्ता कार्यक्रम नियमित भए महिलाको स्वास्थ्यमा सुधार आउने सेवा लिएका महिलाहरूले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP