ताजा
बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||    डोल्पाको समस्या, विकास र सुरक्षाका विषयमा सांसद सापकोटाद्वारा प्रतिनिधि सभामा आवाज  ||    माथिल्लो डोल्पामा ईलाका प्रशासन राख्ने तयारी  ||   
शनिबार , जेठ ४, २०८२

सुर्खेत— उच्च अदालत सुर्खेत अगाडि आज अपरान्ह ४ः१५ बजे भएको धर्नाको रिपोर्टिङ गर्ने क्रममा सुर्खेत देखि प्रकाशित हुने जनचासो खबर दैनिकका संवाददाता अंगराज परियार र खुलानजर डटकमका संवाददाता प्रज्वल चुनारामाथि प्रहरीले गरेको कुटपिट तथा दुर्व्यवहार प्रति राष्ट्रिय दलित पत्रकार संघ नेपाल, सुर्खेतले गम्भीर आपत्ति जनाएको छ।

संघले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेअनुसार, रिपोर्टिङ ड्युटीमा रहेका दुवै पत्रकारले आफ्नो परिचयपत्र देखाउँदा समेत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्युटीमा खटिएका असई एन.वि. राना लगायत अन्य सुरक्षाकर्मीहरुले “यस्ता परिचयपत्रको काम छैन” भन्दै अपशब्द प्रयोग गर्दै धकेलेर उनीहरुलाई घटनास्थलबाट हटाएका थिए।

 

 

घटनाको क्रममा पत्रकारहरुको क्यामेरा नियन्त्रणमा लिई त्यसमा कैद गरिएका भिडियो फुटेज तथा अन्य भिडियो सामग्री समेत डिलिट गरिएको पत्रकार परियारले जानकारी दिए। संघले उक्त कार्यलाई प्रेस स्वतन्त्रता र पत्रकारिता माथिको नै हमला भन्दै घोर निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।

“आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ पत्रकारमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहार केवल अशोभनीय मात्र नभई पूर्ण रूपमा निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ, “संघ यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ।”

संघले पत्रकारलाई स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिलाउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP