ताजा
बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||    डोल्पाको समस्या, विकास र सुरक्षाका विषयमा सांसद सापकोटाद्वारा प्रतिनिधि सभामा आवाज  ||    माथिल्लो डोल्पामा ईलाका प्रशासन राख्ने तयारी  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा— कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा देखि बैजनाथ राष्ट्रिय दैनिकको २०८२ सालको क्यालेण्डर सार्वजनिक गरिएको छ। बाँकेको कोहलपुरबाट प्रकाशित हुँदै आएको पत्रिकाले डोल्पा बाट वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।

प्रकाशक कुशल दलामी, प्रधान सम्पादक हेमन्त केसी तथा डोल्पा र सुर्खेत संवाददाता पूर्ण सार्कीको टोलीले मंगलबार डोल्पा पुगेर क्यालेण्डर विमोचन गरेका हुन्। “सत्य समाचार, निष्पक्ष विचार र स्थानीय विकासको सम्बाहक” भन्ने नारासहित प्रकाशित पत्रिकाले जनसमक्ष पुग्न क्यालेण्डरलाई माध्यम बनाएको जानकारी दिएको छ।

डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, सुरक्षा निकायलाई पहिलो पटक क्यालेण्डर प्रदान गरिएको प्रकाशक दलामिले जानकारी दिए। क्यालेण्डरलाई जिल्ला स्थित सरकारी कार्यालय, होटल व्यवसाय,धार्मिक स्थल, स्थानीय तह , शैक्षिक संस्था लगायतका निकायलाई प्रदान गरिने छ।

प्रकाशक दलामीका अनुसार विकट जिल्ला डोल्पा जस्ता क्षेत्रहरूमा सूचना पहुँच पुर्याउने र यहाँका सत्य तथ्य सूचना संकलन र संप्रेषण गर्ने उद्देश्यले क्यालेण्डर सार्वजनिक गरिएको हो। प्रधान सम्पादक केसीले सत्य र तथ्यपूर्ण समाचार संकलन तथा प्रकाशन मार्फत नागरिकमाझ विश्वसनीय सूचना पुर्याउने प्रयासस्वरूप यो अभियान सुरु गरिएको बताए।

बैजनाथ राष्ट्रिय दैनिकले लुम्बिनी प्रदेश र कर्णालीका दुर्गम भेगसम्म पत्रकारितामार्फत योगदान पुर्याउने लक्ष्य राखेको छ।

क्यालेण्डर विमोचनका तस्बिर: कुशल दलामी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP