ताजा
भोली चौरजहारीमा विशाल जनसभा, प्रचण्डको अरु केके छ कार्यक्रम ?  ||    जनतासँग माओवादी मध्य पहाडी लोकमार्ग अभियान: मनघाट हुने विशाल जनसभामा डोल्पाको टीम  ||    मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो:अध्यक्ष प्रचण्ड  ||    आज देखि डोल्पाका यार्सा पाटनहरु खुला, सबै पाटन तिर लागेपछि सुनसान गाउँ बस्ती  ||    भोलि देखि डोल्पाका यार्सा पाटनमा यार्सा सङ्कलन गर्न पाइने  ||    डोल्पामा सडक दुर्घटना न्यूनीकरण तथा रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम   ||    यातायात कार्यालय जुम्लामा ८ महिनामा ६८ लाख राजस्व संकलन  ||    प्रचण्डलाई दैलेखमा काँक्रो उपहार  ||   
सोमबार , जेठ ६, २०८२

डोल्पा:नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम जनतासंग माओवादी, मध्यपहाडि लोकमार्ग अभियान अन्र्तगत भोली (मंगलबार) रुकुम पश्चिमको चौरजहारीमा विशाल जनसभाको आयोजना गरिएको छ । जनसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित अन्य शिर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चौरजहारीमा हुने जनसभामा जिल्लाका सबै पालिकाबाट नेता कार्यकर्ता सहित सर्वसाधरणहरुको ठुलो सहभागीता रहने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । प्रचण्डले जनसभामा सम्बोधन गर्नुका साथै त्यसअघि सहिदपरिवारसंग भेटघाट समेत गर्नेछन । प्रचण्डले मंगलबार विहान चौरजहारी पार्टी कार्यालयमा शहीदपरिवारहरु संगै, जनयुद्धका घाईते, आपांग, पूर्व जनमुक्ति सेनाको टिमसंग भेटघाट गर्नेछन ।

त्यस्तै चौरजहारी नगरपालिकाको कार्यालय अवलोकन र कर्मचारीहरुसंग भेटघाट समेत गर्नेछन । प्रचण्डले चौरजहारीको जनसभा समापन लगतै मुसिकोटको यात्रा प्रस्थान गरी सदरमुकाम खलंगाको शेरीगाउँ शहीदप्रतिष्ठानमा आयोजना गरिएको जनसंसाद कार्यक्रममा सहभाभी हुनेछन । मंगलबार प्रचण्ड रुकुम पश्चिम सदरमुकाम खलंगामा नै बास बसेर ७ गते विहान रुकुमकोट तर्फ लाग्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP