ताजा
जनतासँग माओवादी मध्य पहाडी लोकमार्ग अभियान: मनघाट हुने विशाल जनसभामा डोल्पाको टीम  ||    मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो:अध्यक्ष प्रचण्ड  ||    आज देखि डोल्पाका यार्सा पाटनहरु खुला, सबै पाटन तिर लागेपछि सुनसान गाउँ बस्ती  ||    भोलि देखि डोल्पाका यार्सा पाटनमा यार्सा सङ्कलन गर्न पाइने  ||    डोल्पामा सडक दुर्घटना न्यूनीकरण तथा रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम   ||    यातायात कार्यालय जुम्लामा ८ महिनामा ६८ लाख राजस्व संकलन  ||    प्रचण्डलाई दैलेखमा काँक्रो उपहार  ||    सामाजिक सञ्जालमार्फत संकलन गरिएको सहयोगबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण  ||   
सोमबार , जेठ ६, २०८२

पुर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाका विभिन्न पाटनहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको याम सुरु भएको छ ।यार्सा संकलनको समय सुरु भएसँगै यति खेर डोल्पाका गाउँ बस्ती सुनसान हुन थालेका छन्। यो वर्ष जेठ ५ अर्थात् आज देखि डोल्पाका पाटनहरु १ महिना सम्म यार्सागुम्बा संकलनको लागि खुला भएका छन। डोल्पाका दर्जनौ भन्दा बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्ला भित्रका बासिन्दा र बाहिर जिल्लाबाट हजारौंको संख्यामा सर्वसाधारण पाटन पुगेका छन्।

डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन बन कार्यालयका यार्सापाटनमा यार्सागुम्बा सङ्कलन गर्नेहरूको भीडभाड छ । यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्रतिव्यक्ति ५०० ,जिल्ला भित्रका बासिन्दालाई प्रतिव्यक्ति २००० र बाहिरी जिल्लाबाट आउने संकलन कर्ताका लागि ३००० का दरले प्रवेश शुल्क निर्धारण गरिएको छ ।

यार्सा सङ्कलन गर्न यार्सा पाटनमा प्रवेश गरेपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले आग्रह समेत गरेको छ ।

यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न , यार्सागुम्बा बाहेक अन्य जडिबुटी संकलन तथा चोरी नगर्न समेत आग्रह गरिएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन बहादुर रावतले जानकरी दिए । डोल्पाको सागबारी, घोप्का, कुनास, भाङका, कागमारा , ग्यालबारा, माटे, रूप पाटन, प्यारीघोप्का , ठाँगे, लगायतका दर्जनौ भन्दा बढी पाटनमा यार्सागुम्बा पाइन्छ ।

गत वर्ष यार्सा संकलनमार्फत निकुञ्ज र वन कार्यालयले करोडौं रुपियाँ बराबरको राजस्व संकलन गरेका थिए। सदा झै यो वर्ष पनि यार्सा चोरी हुन नदिन शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र भित्रका पाटनहरुमा नेपाली सेना परिचालन गरेको थियो।

जलवायु परिवर्तन र यार्सापाटनमा गरिएको मनपरी फोहोर लगायत हिमाल तिरै हिमपात नपर्नाले पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कम हुँदै गएको डोल्पाका स्थानीयको भनाइ छ ।

 

यार्सा गुम्बा को सिजन सँगै सुनसान डोल्पाका गाउँ बस्ती

प्राकृतिक औषधिका रूपमा चर्चित यार्सा गुम्बा संकलनको सिजन सुरु भएसँगै डोल्पाका गाउँ-बस्तीहरू यति बेला सुनसान हुन थालेका छन्। जेठको पहिलो साता बाटै डोल्पाका हजारौं परिवार यार्सा टिप्न उच्च हिमाली पाटन तिर लागेपछि गाउँमा सन्नाटा छाएको छ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज  कार्यालयका दर्जनौं भन्दा बढी पाटनमा अधिकांश डोल्पा बासी बासिन्दा यार्सा टिप्न महिना भरी पुग्ने राशन बोकेर पाटन तिर गएका छन्। यार्सा सिजन सुरु भए सगै डोल्पाका अधिकांश गाउँमा विद्यालय बन्द हुने क्रममा छन्, खेतबारीमा काम गर्ने कोही छैनन्। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार एकैचोटि हजारौँ मानिस यार्सा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्ने गर्छन्।

“हरेक वर्षको जस्तै यसपालि पनि गाउँमा १ महिना जति मान्छे भेटिँदैन,” हिमज्योति आधारभूत विद्यालयका प्रअ मन बहादुर सार्कीले शिक्षकले भने, “डोल्पाका अधिकांश विद्यालय बन्द हुने क्रममा छन्, विद्यार्थी, शिक्षक, सबै जना यार्सातिर लागेका छन्।”

यार्सा गुम्बा डोल्पाको प्रमुख आम्दानीको स्रोत हो। एक किलो यार्सा गुम्बा नेपाली बजारमा लाखौँ रुपैयाँमा बिक्री हुने भएकाले ग्रामीण बासिन्दाका लागि यो सुनझैँ महत्त्वपूर्ण छ। तर यसको प्रभाव गाउँको दैनिक जीवन, शिक्षा, स्वास्थ्य सेवा र वातावरणमा समेत परेको छ।

सदाझैं यस वर्ष पनि डोल्पा जिल्ला निकुञ्ज र वन कार्यालयका अनुसार यार्सा संकलनलाई व्यवस्थित गर्न थुप्रै नियमहरु बनाइएका छन्।

 

 

 

 

 

 

.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP