ताजा
सामाजिक सञ्जालमार्फत संकलन गरिएको सहयोगबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण  ||    सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||   
आइतबार , जेठ ५, २०८२

डोल्पा — डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिका–२ मा अवस्थित मान्मा आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत संकलन गरिएको सहयोगबाट कापी, कलम, जुत्ता, मोजा लगायतका सामग्री प्रदान गरिएको हो।

 

जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर अखण्ड उपाध्यायबाट सुरु गरिएको यो पहल बाट सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो। सुरुमा उनले आफैं केही रकम संकलन गरी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि विभिन्न व्यक्तिहरूले उनलाई साथ दिएका थिए।

‘संकलित ८० हजार ६ सय ५६ रुपैयाँबाट शैक्षिक सामग्री खरिद गरी वितरण गरिएको हो,’ डाक्टर उपाध्यायले भने, ‘म एक पटक त्यो विद्यालय गएको थिएँ, सामान्य कापी–कलम किन्न नसक्ने अवस्था देखेँ, त्यसैले सहयोगको पहल गरेँ।’

विद्यालयका अनुसार वितरण पश्चात पनि केही शैक्षिक सामग्री बाँकी रहेकोले कपी–कलम सकिएपछि आवश्यक विद्यार्थीलाई थप उपलब्ध गराइने छ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सोही वडाका वडा अध्यक्ष कमलबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद रोकाया लगायत स्थानीयको उपस्थिति रहेको थियो।

पछिल्लो समय डा. उपाध्यायले सामाजिक सञ्जाल मार्फत धेरैको सहयोग समेत गरेका छन्। उनले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका विमारीहरुको पनि पटक पटक सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोगको अपिल गरी उपचारमा सहयोग गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP