ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

काठमाडौं : नेपालमा पनि कोभिड १९को नयाँ भेरियन्ट ओमोक्रन पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जनामा नयाँ भाइरस पुष्टि भएको जानकारी दिएको हो। भाइरस देखिएपछि स्वास्थ्य मन्त्रीस्तरीय बैंठक बसेर कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने विषयमा छलफल समेत भएको थियो।

पहिलो पटक यो भाइरसक दक्षिण अफ्रिकामा देखिएको हो नोभेम्बर २४ मा। यो भाइरस देखिएको दुई साता पनि पूरा नहुँदै नेपालमा दुई जनामा संक्रमण पुष्टि भयो। नेपालमा संक्रमण देखिएका नागरिक भने विदेशी हुन्। ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ। उनी नेपाल आउँदा गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो। त्यस्तै, उनले कोरोना विरुद्धको खोप समेत लगाएका थिए।

नेपाल आएको चार दिनपछि अर्थात मंसिर ७ गते उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई कोरोना संक्रमणसँग मिल्दो लक्षण देखियो। त्यसपछि उनको कोभिड परीक्षण गरिएको थियो।

परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड १९ परीक्षणमा पोजिटिभ आएकाहरुको (S-gene Target failure) परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन।

S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। आइतवार राति भने ‌ओमोक्रन भाइरस भएको पुष्टि भयो।

अहिले दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। उनीहरुमा हाल कुनै लक्षणहरु देखिएको छैन।

दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। सम्पर्कमा आएको ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको मन्त्रालयले जानकारी दिएको छ।

छिमेकी राष्ट्र भारतमा समेत दुई दर्जन मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि केही राष्ट्रले विदेशीलाई आवत जावतमा रोक समेत लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP