ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

१ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ ।

प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो ।

आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो ।

उक्त मृत्युको घटनाले ध्यानाकर्षण भएको बताउँदै प्रशासनले नागरिक सचेतनाका लागि यो सूचना गरिएको कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।

सोही घटनालाई लिएर त्यहाँका स्थानीयवासीले सोमबार आन्दोलन गर्दा सडक अवरुद्ध भएको थियो । प्रशासनले उक्त अवरुद्ध सडक छ घण्टापछि खुलाएको थियो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनका लागि साना दुई पाङ्ग्रे सवारी साधनलाई रातको अवधिमा सञ्चालन नगर्ने, दिनमा चार पाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा निकायले आ–आफ्ना युनिटहरुलाई निर्देशन दिने निर्णय भएको अधिकृत लामिछाने बताए ।

हेर्नुस् सूचना 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP