ताजा
सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||   
शनिबार , जेठ ४, २०८२

काठमाण्डौ: जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डोल्पामा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया अघि बढाइएको भन्दै सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सोमबार रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न जगदुल्ला हाइड्रोपावर लिमिटेड र बोलपत्र मूल्यांकन समितिका नाममा आदेश जारी गरेको हो ।

यस्तै उच्चले अन्तरिम आदेशका लागि निवेदक कम्पनीको आन्तरिक लेखा परीक्षणको क्रममा भएको परीक्षण तथा मूल्याङ्कनको कार्य सम्बन्धमा विपक्षी समितिले जानकारी नदिएको र सो कार्य सम्बन्धमा निवेदक कम्पनीको स्पष्टता तथा समुचित जानकारी आवश्यक रहेकाले दुवै पक्षलाई वैशाख ३० गतेको पेसी तोकी छलफलमा बोलाएको छ ।

मंगबार निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई तथा अधिवक्ताहरू भावेश गौतम, विशाल न्यौपाने र कैलाश तामाङले बहस गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP