
रुकुम पश्चिम:रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा डस्टविन वितरण गरिएको छ । नगरपालिकाको वडा नम्वर-६ स्थित त्रीवेणीमा २५ घरधुरीलाई सोमबार डस्टविन वितरण गरिएको हो ।
वास इकाई आठविसकाेट नगरपालिकाे आयाेजनामा नगर प्रमुख रवि के सी को उपस्थितिमा सरसफाइ कार्यदल त्रिवेणीको विशेष उपस्थितीमा र वास इकाईका कर्मचारीकाे सहजिकरणमा त्रिवेणीका २५ घरमा डस्टविन, ३ वटा सार्वजनिक स्थल, Bcc र ICE Matrails काे प्रदर्शनि तथा साे सम्बन्धमा छलफल , सरसफाइ तथा GEDSI सम्बन्धी विश्लेषण तथा आगमी कार्ययाेजना बारे छलफल गरिएको नगर उप प्रमुख धन कुमारी शाहीले जानकारी दिइन।




डोल्पा जिल्ला सँग जोडिएको उक्त गाउँमा वास ईकाई आठबिसकोट नगरपालिका द्वारा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि जनचेतनामुलक कार्यक्रम सहित डस्टविन वितरण गरिएको वास इकाईले जनाएको छ ।