ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

कालीकोट — कालीकोटको रास्कोट नगरपालिकामा एक शिक्षकले मदिरा सेवन गरेर नगर कार्यपालिका सदस्यमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म व्यापक आक्रोश उत्पन्न भएको छ।

 

रास्कोट नगरपालिका वडा नं. २ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले मदिरा सेवनपछि सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेका हुन्। घटना वैशाख ३१ गते बुधवार दिउँसो भएको हो।

 

प्रत्यक्षदर्शीहरूका अनुसार मदिराको मातमा रहेका सिम्खाडाले आपसी विवादका क्रममा योगीमाथि हातपात गरेका थिए। कुटपिटबाट घाइते योगीको कानमा चोट लागेको र थप उपचारका लागि उनलाई सुर्खेत लैजाँदै गरिएको स्थानीय चक्रनाथ योगीले वताए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

 

घटनापछि स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाहरूले घटनाको कडा भर्त्सना गरेका छन्। जिम्मेवार पदमा रहेर मदिरा सेवन गर्दै सार्वजनिक पदमा रहेकी महिला जनप्रतिनिधिमाथि हातपात गर्नु अत्यन्तै गम्भीर र निन्दनीय रहेको उनीहरूको भनाइ छ।

 

वडा-३का वडाध्यक्ष राजेन्द्र योगीले यो घटना केवल व्यक्तिगत झगडा नभई सम्पूर्ण शिक्षा क्षेत्र, शिक्षक समुदाय र सार्वजनिक जीवनको गरिमा तथा जिम्मेवारीमाथि नै प्रश्न उठाउने खालको भएको बताए। “नगर कार्यपालिकाका महिला सदस्यमाथि सार्वजनिक स्थलमा मदिराको मातमा कुटपिट हुनु गम्भीर विषय हो। दोषी शिक्षकमाथि कानुनी रूपमा कडा कारबाही हुनु आवश्यक छ,” उनले बताए।

 

यस घटनाले स्थानीय तहमा महिला जनप्रतिनिधिमाथि हुने हिंसा र सार्वजनिक क्षेत्रमा मदिरा सेवनको दुष्परिणामबारे पुनः बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP