ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिकाले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सीपमूलक तालिमको समापन भएको छ। बिहीबार नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युको प्रमुख आतिथ्यतामा  रोजगार शाखा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको समन्वयमा सञ्चालन कार्यक्रमले आयोजना ५० दिन लामो तालिमको औपचारिक रूपमा सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायले जानकारी दिए।

“सीप सिकौं, रोजगार बनौं” भन्ने मूल नारासहित सञ्चालित तालिममा नगरपालिका भित्रका वडा नं. ०७ र ०८ का ४० जनाले सहभागी भई विभिन्न व्यावसायिक सीप सिकेका छन्। कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाले अन्य वडामा पनि यस्ता तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीपमूलक तालिम मार्फत जनशक्ति परिचालन भई नगरपालिकामा बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख बुढाले  सीप भएका नागरिकहरू देश विकासको मेरुदण्ड हुने उल्लेख गर्दै नगरपालिका भित्रका सबै युवालाई कुनै न कुनै माध्यमबाट व्यावसायिक तालिममा संलग्न गराउने योजना रहेको जानकारी दिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डील प्रसाद रोकाया, वडा नं. ७ का अध्यक्ष धुर्ब बिक्रम शाही, वडा नं. ८ का अध्यक्ष मनराम ठकुल्ला, नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख रत्नबिर कठायत लगायतका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त तालिमले सहभागीहरूलाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बन्ने दिशामा टेवा पुर्‍याउने विश्वास गरिएको छ। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै निरन्तरता दिने जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP