ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

पुर्ण सार्की:डोल्पा — हिमाली जिल्ला डोल्पामा सवारी साधनको अनुगमन तथा ट्राफिक नियम उल्लंघन गर्ने विरुद्धको कारबाहीबाट  नौ महिनाको अवधिमा ११ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक कार्यालय डोल्पाका निमित्त प्रमुख विष्णु थापाका अनुसार, चालू आर्थिक वर्षको श्रावणदेखि चैत्र महिनासम्म जिल्लाभर १ हजार २ सय ९६ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती कारबाहीहरूबाट जम्मा ११ लाख २६ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ।

सवारीसाधन प्रकार अनुसार हेर्दा सबैभन्दा धेरै कार/जिप तथा मोटरसाइकलहरू कारबाहीमा परेका छन्।

ट्राफिक कार्यालयका अनुसार कारबाहीका मुख्य कारणहरूमा बिना कागजात सवारी चलाउने, नियम उल्लंघन गर्ने, क्षमता भन्दा बढी सामान बोक्ने, सवारी साधनको अवस्था जाँच नगरी प्रयोगमा ल्याउने लगायतका रहेका छन्।

 

निमित्त प्रमुख थापाले नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउँदै ट्राफिक सचेतना अभिवृद्धिका कार्यक्रमहरू पनि सञ्चालन गरिने जानकारी दिएका छन्।

जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९ सय ६८ सवारीसाधन कारबाही गरी ८ लाख ४९ हजार ५ सय , आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४ सय ६९ सवारीसाधन कारबाही गरी १३ लाख ४२ हजार ५ सय, आर्थिक वर्ष २०७९/०८० मा १ हजार ४ सय ३ सवारीसाधन कारबाही गरी ११ लाख ३९ हजार र आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ८७ सवारीसाधन कारबाही गरी १२ लाख ४१ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन गरिएको थियो।

यो वर्षको वार्षिक राजस्व संकलन विवरण असार अन्तिममा सार्वजनिक हुने छ। जिल्ला ट्राफिक कार्यालयले महिनै पिच्छे सवारीसाधनको कारबाही संख्या र राजस्व संकलन विवरण कार्यालयमा सार्वजनिक गर्ने गरिरहेको छ।

२०७५ सालमा राष्ट्रिय सडक सञ्जाल सग जोडिए सगै डोल्पा जिल्लाका विभिन्न भागहरु समेत सडक सञ्जालले जोडिएका छन्। सडक सञ्जाल सग जोडिए लगत्तै जिल्ला भित्र दैनिक सवारीसाधनको चाप बढिरहेको छ। जिल्ला र जिल्ला भित्रका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारीसाधन विना अनुमति सञ्चालन भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP