ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

सुर्खेत: सुर्खेतमा युवा मानव अधिकार रक्षकहरुको सशक्तीकरणका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित सुर्खेतमा युवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।कार्यक्रम युवा मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान, सशक्तीकरण र सञ्जालिकरणलाई नीतिगत रूपमा प्रदेश र स्थानीय तहमा समेट्नुपर्ने मागमा केन्द्रित रह्यो।

कार्यक्रममा रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले संस्थाको परिचय दिंदै ‘एकता परियोजना’ अन्तर्गत युवा मानव अधिकार रक्षकहरूको भूमिका र आवश्यकता बारे जानकारी गराउनुभयो। रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष बि.कले शुभकामना मन्तव्य दिँदै कर्णालीका १० वटै जिल्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन भइसकेको बताउँदै स्थानीय तहसँग सहकार्यमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो।

 

कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुन मन्त्री एवं प्रदेश सभा सदस्य कृष्ण बहादुर जि.सी. तथा विशिष्ट अतिथि प्रदेश सभा सदस्य जानकी सिंह हुनुहुन्थ्यो। अन्य अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख सचिन कुमार बडुवाल, विरेन्द्रनगर नगरपालिका वडा नं. १६ का अध्यक्ष डण्ड बहादुर विश्वकर्मा लगायत जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युवा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी अध्यक्ष पूजा दमाईको अध्यक्षता र सचिव ललिता विकको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा साझेदार संस्था AEIN का कार्यकारी निर्देशक फ्रयाङ्को विन्सफेल्ड, नेपाल प्रतिनिधि रमेश तोयना र डा. अनिता श्रेष्ठ सहितको टोलीले सहभागी युवाहरूसँग छलफल गरेका थिए।

छलफलमा सहभागी युवाहरूले आफ्नो अभियान र गतिविधिबारे जानकारी दिँदै नीतिगत सहकार्यको आवश्यकता औंल्याएका थिए। जनप्रतिनिधिहरूले मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रतिबद्धता जनाउँदै नीति, कार्यक्रम तथा बजेटमा युवासम्बन्धी विषय समेट्ने प्रतिवद्धता जनाएका छन्।

फोटो: सन्तोष विक

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP