ताजा
सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा:अज्ञात व्यक्तिले जाजरकोट जिल्लाको तल्लुबगरमा नेपाल टेलिकमको फाइबर तार काट्दा डोल्पामा अवरुद्ध भएको इन्टरनेट सेवा ३६ घण्टापछि सुचारु भएको छ ।

रुकुमपश्चिमको राडीज्युला हुँदै डोल्पा पुर्‍याइएको तार अज्ञात व्यक्तिले काटेपछि करिब दुई दिन इन्टरनेट सेवा अवरुद्ध भएको थियो । दूर सञ्चार कार्यालय जाजरकोटको टोलीले काटिएको फाइबर जोडेपछि सोमबार बेलुकी सात बजेमात्र सेवा सुरु भएको बताइएको छ ।

‘यस पटकलाई दुई पटक फाइबर इन्टरनेटको तार काटियो । व्यक्ति पहिचान हुन भनेको सकेको छैन,’ दूर सञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले भने, ‘पटक–पटक सेवा अवरुद्ध हुँदा सरकारी कामगाजमा पनि समस्या हुन्छ । दूर सञ्चारको सेवाप्रति सेवाग्राहीको विश्वास घट्न सक्छ, त्यसैले दोषी पत्ता लगाइ कानुनी कारबाही गर्नुपर्छ ।’

सोमबार बिहान इन्टरनेट अवरुद्ध हुँदा कक्षा १२ को परीक्षासमेत प्रभावित भएको थियो । सात बजे नै हलमा प्रवेश गराइएका परीक्षार्थीलाई ढिलो गरी प्रश्नपत्र बाँडिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP