ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

कुलेन्द्र शाही/सुर्खेत– जाजरकोटको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय, जुँगाथापाचौरमा कक्षा १२ को परीक्षा दिँदै गरेका विद्यार्थीहरू मोबाइल प्रयोग गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ। वैशाख २१ गते देखि जारी कक्षा १२ को परीक्षामा २६ गते भएको सामाजिक विषयको परीक्षाको दौरान खिचिएको भनिएको उक्त तस्बिरले अहिले व्यापक चर्चा बटुल्दैछ।

नाम नखुलाउने शर्तमा एक परीक्षार्थीले उक्त तस्बिर आफूले नै खिचेको दाबी गर्दै सञ्चारमाध्यमलाई उपलब्ध गराएका छन्। “फोटो मैले नै खिचेको हो,”ति विद्यार्थीले भने, “परीक्षा दिने विद्यार्थी शिवालय–३ स्थित सरस्वती माध्यमिक विद्यालय, सिमाका हुन्। म ती विद्यार्थीहरूलाई चिन्छु पनि।”

तर, यस विषयमा विद्यालयका केन्द्राध्यक्ष शेर बहादुर खत्रीसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन। यता, शिवालय गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मान बहादुर बस्नेतले भने छानबिन नगरीकनै उक्त फोटो शिवालयको नभएको दाबी गरे। उनले  तस्बिर अन्यत्रको हुन सक्ने तर्क राखे। ईजनचासो सग कुरा गर्दै प्रमुख बस्नेतले यो विषयमा चाँडै नै छानबिन हुने र फोटो उक्त विद्यालयको हो या होइन भन्ने विषय जानकारी गराउने बताएका छन्।

शिवालय गाउँपालिका–७ का वडा अध्यक्ष टाइरेन्ट शाहीले भने छानबिन नै नगरी फोटोको खण्डन गर्नु उचित नहुने बताए। “फोटो हाम्रो विद्यालयको हो भन्ने ठोस आधार छैन, यथार्थ पत्ता लगाउन छानबिन गर्छौं,” उनले भने।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल लगायत विद्युतीय सामग्रीहरू लैजान निषेध गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP