ताजा
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||    बेरोजगारी न्यूनीकरण र रोजगारी सृजना गर्न सिपमुलक तालिम  ||   
शनिबार , जेठ ४, २०८२

पुर्ण सार्की:डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङमा निर्माण हुन लागेको पक्की पुल स्थानीयको विरोधका कारण पाँच महिनादेखि रोकिएको छ। बस्तीभन्दा माथिल्लो, अनुपयुक्त स्थानमा पुल निर्माण गर्न लागिएको भन्दै खदाङबासीले विरोध जनाउँदै आएका छन्।

चीन–नेपाल–भारत जोड्ने त्रिदेशीय भेरी करिडोर अन्तर्गत निर्माण गर्न लागिएको पुलमा अवरोध बढेपछि शनिबार सर्वपक्षीय टोलीले अनुगमन गरेको थियो। जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायको नेतृत्वमा गरिएको अनुगमनमा स्थानीयसँग छलफल पनि भएको थियो।

प्रमुख रोकायले पुल निर्माण रोकिए विकास वर्षौं पछाडि धकेलिने भन्दै स्थानीयलाई अवरोध नहुन आग्रह गरे। तर स्थानीयले भने बस्तीभन्दा माथि पुल नबन्ने अडान दोहोर्‍याएपछि कुनै निष्कर्षमा पुग्न सकिएन।

स्थानीय भक्तबहादुर रोकायले डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) बनाउँदा ‘हाइड्रोपावरको काम हो’ भनेर झुक्याइएको आरोप लगाए। “पुलको कुरा थाहा भएको भए हामीले उपयुक्त ठाउँमै नापजाँच गर्न लगाउने थियौं,” उनले भने।

पुलको स्थानबारे राजनीतिक दलहरूबीच पनि मतभेद देखिएको छ। कांग्रेस, एमालेलगायत दलले तोकिएको स्थानमै पुल बनाउनुपर्ने बताउँदा माओवादीले स्थानीयको विरोध रहेको ठाउँमा पुल बन्न नहुने अडान राखेका छन्। सर्वदलीय बैठकमार्फत समाधान खोज्नुपर्ने माग राजनीतिक दलहरूबाट उठेको छ।

 

त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायले जनताले नमाने स्थान परिवर्तन गरिए खर्च नगरपालिकाले व्यहोर्ने बताएका छन्। “तर, विकास रोकिनु हुँदैन,” उनले जोड दिए। प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यो केवल स्थानीय बस्ती जोड्ने होइन, तीन देश जोड्ने महत्वाकांक्षी योजना भएकाले सबै गम्भीर हुनुपर्ने बताए।

 

खदाङ, छलगार्ड र जाजरकोटका तल्लु बगरमा पक्की पुल निर्माणका लागि ३६ करोड २४ लाख रुपैयाँको ठेक्का वाईपीएमआर जेभी भरतपुरले पाएको छ। छलगार्ड र तल्लुबगरमा काम सुरु भइसकेको भए पनि खदाङमा स्थानीय अवरोधका कारण निर्माण कार्य ठप्प छ।

पुल सेक्टर कार्यालय सुर्खेतका सवइन्जिनियर नवीन पाण्डेले प्राविधिक दृष्टिले उपयुक्त स्थानमै पुल बन्न लागेको भन्दै ठाउँ परिवर्तन गर्ने अधिकार नरहेको स्पष्ट पारे।

२०७९ माघ २६ मा सम्झौता भएको यस आयोजना ४० महिनाभित्र सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ। तर खदाङमा विवाद समाधान नभएसम्म निर्माण कार्य अघि बढ्न सक्ने देखिँदैन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP