ताजा
सहयोग शुल्कको नाममा सूर्य ज्योति माविको असुलि धन्दा, अविभावक आक्रोशित  ||    शिक्षा क्षेत्रमा प्रविधिको पहुँच पुर्याउन पालिका भित्रका सबै विद्यालयमा ई-पुस्तकालयको स्थापना  ||    खानेपानी योजनालाई दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई तालिम  ||    बेरुजु रकम कम : जगदुल्ला जिल्लामै पहिलो र प्रदेश भर चौथो स्थानमा  ||    डाेल्पाेबुद्ध गाउँपालिकाकाे कलङमा पहिलो पटक नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन  ||    मानव अधिकार रक्षकहरूको सशक्तीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवाला निकाय बीच अन्तरक्रिया  ||    डोल्पामा सवारीसाधन कारबाही बाट ९ महिनामा ११ लाख बढी राजस्व संकलन  ||    कर्णालीमा सबै भन्दा कम बेरुजु बनगाड कुपिण्डे र बढी चौकुनेमा  ||   
शनिबार , जेठ ४, २०८२

डोल्पा —हिमाली जिल्ला डोल्पाको जिल्ला प्रहरी कार्यालय केही दिन देखि नेतृत्व विहिन छ। भर्खरै मात्रै डोल्पामा कार्यभार सम्हालेका प्रहरी नायब उपरीक्षक ( डिएसपी) डा. हेमबहादुर केसी कार्यालयको आन्तरिक विवादपछि प्रधान कार्यालय तानिएसँगै डोल्पा सात दिन देखि नेतृत्वविहीन बनेको छ।

 

प्रहरी प्रधान कार्यालयको वैशाख १० गते गरेको सरुवाअनुसार डीएसपी केसी डोल्पा सरुवा भई जेठ १५ गते कार्यालयमा हाजिर भएका थिए। कार्यालयमा हाजिर भएको सातौं दिनमै विगत केही वर्ष देखि मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्र कुमार रसाइली सँग भनाभन हुँदा उनले कार्यालयमै हातपात गरेका थिए। विवादपछि डीएसपी केसीलाई घटनाको छानबिनका लागि भोलिपल्टै प्रधान कार्यालय तानिएको हो।

 

अहिले जिल्ला प्रहरी कार्यालय डोल्पाको कमाण्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष थापाले सम्हालिरहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार युक्त विषयमा छानबिन नसकिएकोले डा. केसी केही समय प्रधान कार्यालयमै रहने छन्।

 

डोल्पा भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो जिल्ला हो। यही जेठ ५ गतेदेखि यार्सागुम्बा संकलनका लागि सामुदायिक वन र राष्ट्रिय निकुञ्ज भित्रका सम्पुर्ण यार्सा पाटन खुल्न लागेको सन्दर्भमा जिल्लामा प्रहरी नेतृत्वको अभाव गम्भीर चुनौतीको रूपमा देखिएको छ। यार्सागुम्वा संकलनको समयमा डोल्पामा अवैध क्रियाकलाप र आपराधिक गतिविधि वर्षेनी बढ्ने गरेका छन्।

 

प्रहरी स्रोतका अनुसार डोल्पामा प्रहरी प्रमुखको जिम्मेवारी फेरि डा. केसीलाई नै दिने वा नयाँ अधिकृत पठाउने भन्ने निर्णय प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले गर्नेछन्। उनी कोशी प्रदेशबाट फर्किए लगत्तै कसलाई पठाउने भन्ने विषय टुंगिने अनुमान गरिएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सईलाई हातपात गरेपछि नौ दिनमै हेडक्वार्टर तानिए डिएसपी केसी

अदालतकै गेट अगाडि कुटिए पत्रकार: राष्ट्रिय दलित पत्रकार संघको कडा आपत्ति

झगडाको क्रममा टाउकोमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

डोल्पाका सिंहदरबारमा १ अर्ब १७ करोडको बेरुजु 

भारतबाट फर्किने क्रममा कालिकोटका बिरेन्द्र बहादुर शाही रुपैडीहा देखि सम्पर्कविहीन

मोबाइल हेरेर परीक्षा दिँदै विद्यार्थी, छानबिन बिना नै खण्डन


TOP